७ जेष्ठ २०८१, सोमबार

नेकपा काठमाण्डौंले खान बस्न समस्या भएकालाई सहयोग गर्ने (नम्बरसहित )

प्रकाशित मिति :  20 April, 2020 1:07 pm


काठमाण्डौं,८ वैशाख । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाण्डौं जिल्ला कमिटीले लकडाउनका कारण खान र बस्न समस्यामा परेकालाई सहयोग गर्ने भएको छ ।

जिल्ला कमिटीले आज अपिल जारी गर्दै खान र बस्नको समस्याले काठमाण्डौं छाड्न आवश्यक नरहेको भन्दै सम्पर्कका लागि नम्बरहरु उपलब्ध गराएको छ ।

नेकपाले भनेको छ,‘तपाईंहरु जहाँ हुनुहुन्छ त्यहीं रहनुस् । खान र बस्नको समस्याले कसैले काठामण्डौं छाड्नुपर्दैन ।’

नेकपाले वडाका जनप्रतिनीधि,मेयर,उपमेयर, जिल्ला समन्वय प्रमुख,उपप्रमुख,सदस्य प्रदेश तथा संघीय सांसदहरुको सम्पर्कमा पुगे समस्या समाधान हुने दाबी गरेको छ ।

अपिलमा भनिएको छ,‘आवश्यक परेमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जिल्ला,नगर र वडा कमिटीहरु हरदम समन्वय गर्न तयार छ ।’



प्रतिक्रिया दिनुहोस !