७ जेष्ठ २०८१, सोमबार

गुल्मीमा आगलागी हुँदा एकको मृत्यु,तीन घाईते

प्रकाशित मिति :  20 April, 2020 2:55 pm


गुल्मी,८ वैशाख ।

गुल्मीको चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरको बसपार्कको एक पसलमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

किराना पसलमा आज दिउँसो आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

बसपार्कमा रहेको खनाल स्टोर्समा आगलागी हुँदा पसल सञ्‍चालक पूर्ण खनालका छोरा १५ वर्षीय समिरको ज्यान गएको हो ।

आगलागीमा परेर एकै परिवारका तीन जना घाइते जिल्ला प्रहरी कार्यालय गुल्मीको भनाई छ ।

आगलागीले पसलको सबै सामग्री जलेर नष्ट भएको र आगलागीको कारण खुल्न नसकेको प्रहरीको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !