२२ बैशाख २०८१, शनिबार

सुरू भयाे ट्वीटरकाे प्रतिस्पर्धी एप थ्रेड, ट्वीटरकाे अस्थिरताबाट लाभ लिन सक्ने 

प्रकाशित मिति :  6 July, 2023 8:11 am


काठमाडाैँ । सामाजिक सञ्जाल ट्वीटरसँग मिल्दाे सामाजिक सञ्जाल थ्रेड बिहीवारदेखि सुरू भएकाे छ । फेसबुकका संस्थापक मार्क जुकरवर्गले नयाँ एपकाे सार्वजनिक गरेका हुन् । 

थ्रेड एप आईओएस र एन्ड्रोइड दुबै स्मार्टफाेनमा चलाउन मिल्छ । थ्रेड एप इन्स्टाग्राम अकाउन्टमा आधारित रहेकाे छ । अर्थात् इन्स्ट्राग्राममा सक्रिय प्रयाेगकर्ताले सहजै रूपमा थर्क एकाउन्ट बनाएर चलाउन सक्नेछन्।

थ्रेडमा तस्बिर र पाँच सय शब्दका अलावा पाँच मिनेट लामो भिडिओ पाेष्ट गर्न मिल्छ। पोस्टलाई सहजै इन्स्टाग्रामको स्टोरी तथा फिडमा राख्न सकिन्छ । सुरूवाती चरणमा थेर्ड एप एक सय देशमा उपलब्ध छ ।

छिटाे छिटाे नयाँ नयाँ नियमहरू ल्याउने गरेका ट्वीटरका प्रमुख एलन मस्ककाे नीतिबाट थेर्डले लाभ लिन सक्ला? विश्व प्रविधि जगतमा तेर्सिएकाे पेचिलाे प्रश्न हाे याे ।  



प्रतिक्रिया दिनुहोस !