२४ बैशाख २०८१, सोमबार

डोलेश्वरमा बढे धार्मिक पर्यटकः मन्दिरको आम्दानी पनि बढ्यो

प्रकाशित मिति :  15 July, 2023 3:45 pm


काठमाडाैँ । साउने सोमवारको मेलालाई मध्यनजर गरी भक्तपुरको डोलेश्वर मन्दिरमा तयारी तिब्र पारिएको छ । डोलेश्वर संरक्षण समितिको तर्फबाट साउने मेलालाई लक्षित गरी तयारी अन्तिम चरणमा पु-याइएको हो ।

मेलामा आउने पर्यटक र भक्तजनहरुलाई चाँडो दर्शन गर्ने व्यवस्था मिलाउन समितिको तर्फबाट काम अन्तिम चरणमा पु¥याइएको संरक्षण समितिका अध्यक्ष धर्मराज बस्नेतले बताए । उनले साउने मेलाको पूर्वसन्ध्यामा रहेकाले साउन १ गते सोमवारको मेलाका लागि सबै तयारी लगभग सकिएको र भक्तजनहरुले हजै डोलेश्वर महादेवको दर्शन गरेर जानसक्ने व्यवस्था मिलाइएको जनाए।

बस्नेतले डोलेश्वर महादेव केदारनाथको शिर भएकाले पनि पछिल्लो समय भारतीय र विश्वमा रहेका हिन्दु भक्तजनहरु उल्लेख्य आउन थालेको बताए। उनका अनुसार पर्यटकीय गन्तव्यस्थल भएकाले पनि डोलेश्वर घुम्न आउनेको संख्या पछिल्लो समय बढेको हाे।

उनले पर्यटको वृद्धिसँगै सुर्यविनायक नगरपालिका वडा नम्बर ८ को आर्थिक आय आर्जनमा समेत उल्लेख्य सहयोग पुगेको बताए। अध्यक्ष बस्नेतले मन्दिरमा पछिल्लो केही महिना यता मासिक डेढ लाखसम्मको भेटी, दक्षिण र दान प्राप्त हुने गरेको बताए।



प्रतिक्रिया दिनुहोस !