नेपालको महिला फुटबल टिमको प्रायोजन युलिभरले गर्ने
काठमाडौँ । बहुराष्ट्रिय कम्पनी युनिलिभरले नेपालको महिला फुटबल टिमलाई युनिलिभर नेपालले साथ दिने भएको छ। कम्पनीले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग साझेदारी गरेर नेपालको राष्ट्रिय महिला फुटबल टिमको आधिकारिक प्रायोजक भएको घोषणा गरेको छ।
सहकार्य अनुसार युनिलिभर नेपालले नेपालभरी महिला फुटबलको विकासलाई बढावा दिँदै महिला सशक्तिकरण र लैङ्गिक समानताको लागि काम गर्ने जनाएको छ । विभिन्न क्षेत्रहरुमा नेपाली महिलाहरुको योगदानको उच्च कदर गर्दै खेलकुदमा महिलाको विकास र सशक्तिकरण र भविष्यमा पनि खेलकुदको क्षेत्रमा दिगो र सम्भावनाहरुको आधार तयार गर्न उल्लेखनीय योगदान पु¥याउन खोजेको कम्पनीले जनाएको छ।
“यस प्रायोजन मार्फत, युनिलिभर नेपालले सबै पक्षमा महिला फुटबल टोलीलाई सहयोग र प्रवद्र्धन गर्न नजिकबाट काम गर्नेछ,” युनिलिभरले भनेको छ, “उक्त टोली र महिला खेलाडीहरूको विकास र सफलतामा योगदान पु¥याउने एवम् आगामी पुस्ताका महिला खेलाडीलाई प्रोत्साहित गर्दै भविष्यमा अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई अग्र स्थानमा पुयाउने लक्ष्य लिएको छ ।”
आफ्ना विभिन्न परियोजना एवम् सन्देशहरुमार्फत न्याय, समानता र सामाजिक कल्याणको सशक्तिकरणमा बलियो अडान लिँदै आएको पनि कम्पनीले जनाएको छ। कम्पनीका लाइफब्वाय र डभले लगायतका उत्पादन लोकप्रिय छन् ।
युनिलिभरले भनेको छ, “युनिलिभर नेपालको अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको साझेदारी नै युनिलिभर नेपालको नेपालमा सकारात्मक सामाजिक परिवर्तन र महिला सशक्तिकरणको लागि प्रतिबद्ध हुनुको सकारात्मक पक्ष हो।”








