७ जेष्ठ २०८१, सोमबार

‘उद्धार होइन,जो जहाँ छन् त्यही व्यवस्थापकीय टिम पुग्छ’

प्रकाशित मिति :  22 April, 2020 12:34 pm


फाईल फोटो

मुगु, १० वैशाख ।

मुगुको खत्याड गाँउपालिकाले गाँउपालिकाबाहिर र विभिन्न जिल्लामा रहेका आफ्ना वासिन्दाको व्यवस्थापनका लागि व्यवस्थापकीय टोली परिचालन गरेको छ ।

गाँउ फर्काउनु थप जोखिम हुने भन्दै गाउँपालिकावासी जो जहाँ बसेका छन् उनीहरुलाई सहयोग गर्न व्यस्थापकीय टिम परिचालन गरेको गाँउपालिकाले जनाएको छ ।

गाँउपालिकाका अध्यक्ष उब्जनबहादुर शाहीले भनेका छन्,‘जिल्ला बाहिर अलपत्र पर्नु भएका खत्याडबासिहरुको राहत, उद्धार लगायत खानबस्नको उचित ब्यबस्थापनका लागि तत्कालै नेपालगन्ज, सुर्खेत, टिकापुर र काठमाडौमा ब्यबस्थापकिय टिम परिचालन गर्ने र उक्त टिम बाट सो सम्बन्धमा उचित ब्यबस्थापन गरिने ब्यहोरा जानकारी गराउदछुँ ।’

अध्यक्ष शाहीले आवश्यक परे ९९४८७०००८ नम्बरमा फोन गर्न आग्रह समेत गरेका छन् ।

गाँउपालिकाका अध्यक्ष शाहीले भनेका छन्,‘विषम परिस्थितिमा कोरोना संक्रमणको जोखिम लाई कम गर्न जो जहाँ हुनुहुन्छ सुरक्षित रूपमा त्यही रहिदिनु हुन हार्दिक अनुरोध गर्दछुँ ।’

खत्याड प्रवेश गर्ने सम्पूर्ण नाकाहरुबाट आवत जावत बन्द गरिएको र भारत तथा अन्य बाहिरी मुलुकबाट आउनेहरुका लागि क्वारेन्टाइन तयारी अबस्थामा राखिएको समेत गाँउपालिकाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !