१५ बैशाख २०८१, शनिबार

एनसेलको ‘बिन्दास डेटा प्याक’, ७५ रूपैयाँमा तीनदिन भित्र ५ घण्टा अनलिमिडेट डेटा

प्रकाशित मिति :  31 July, 2023 6:40 am


काठमाडौँ । एनसेल आजियाटा लिमिटेडले नयाँ अफर सार्वजनिक गरेको छ । कसरहीत ७५ रुपैयाँमा लिन सकिने ‘बिन्दास डेटा प्याक’ लिएर एनसेलका ग्राहकले जुनसुकै समय, जुनसुकै ठाउँ र प्रयोजनका लागि ५ घण्टाको अनलिमिटेड डेटा सुविधा पाउने भएका छन् । 

प्याकको समयावधि ३ दिनको रहेको छ । ग्राहकहरूले कुनै डेटा भोल्युम सीमा बिना ३ दिनसम्म कूल ५ घण्टाको लागि अनलिमिटेड डेटा सेवा पाउँछन् । 

यो सुविधा ग्राहकले एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स३ह्यास डायल गरी लिन सक्छन् । एनसेल एप, एनसेलको वेबसाइट र नजिकैको एनसेलको आधिकारिक खुद्रा बिक्रेताबाट पनि यो प्याक लिन सकिने कम्पनीले जनाएको छ । 

सुलभ दरमा निश्चित अवधिका लागि डेटा सेवा आवश्यक रहेका ग्राहकहरुलाई लक्षित गरी बिन्दस डेटा प्याक ल्याएकोको एनसेलले जनाएको छ । 

यसअघि कम्पनीले बिन्दस भ्वाइस प्याक पनि ल्याएको छ । जस अनुसार ग्राहकहरूले कर सहित मात्र २५ रुपैयामा १२ घण्टा (बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म) कुनै पनि नेटवर्कमा कुराकानी गर्न मिल्ने टक टाइम लिन सक्छन् ।

सन् २००४ मा स्थापित कम्पनी एनसेल नेपालको सबैभन्दा धेरै कर तिर्ने कम्पनीमध्येको एक एनसेलले आर्थिक वर्ष ०७८/७९ सम्म एनसेलले कर तथा अन्य शुल्क गरी विभिन्न शीर्षकमा २ खर्ब ८३ अर्ब रुपैयाँभन्दा बढी कर तिरेको जनाएको छ।  

व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरणलगायतका विभिन्न क्षेत्रमा १ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ । ३ अगस्ट २०२२ मा पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको एनसेलले १ करोड ६० लाखभन्दा बढी ग्राहकलाई आफ्नो नेटवर्कमार्फत सेवा प्रदान गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस !