५ जेष्ठ २०८१, शनिबार

भाद्र ५ देखि बुटवलमा युवालक्षित नाै दिवसीय ज्ञान हस्तान्तरण कार्यक्रम

प्रकाशित मिति :  3 August, 2023 8:32 am


काठमाडाैँ। मानवसेवा आश्रमले आफ्नौ ११ औ वार्षिक उत्सवको अवसरमा १३ औ ज्ञान हस्तान्तरण कार्यक्रम आयोजना गर्ने भएको छ। 

आउदाे भाद्र ०५ देखि १३ गते सम्म नौ दिवसीय आवसीय ज्ञान हस्तान्तरण कार्यक्रम मानवसेवा आश्रमको शाखा कार्यालय रुपन्देही बुटवलमा हुने तय भएकाे हाे। 

युवाहरुमा सकारात्मक सोच, सृजनशिलता, रचनात्मकता, मानवीयता र सामाजिक भावनासहितको असल, आत्मसंयमित, विवेकशील, आत्मनिर्भर बनाउने उदेश्यले ज्ञान हस्तान्तरण कार्यक्रम (राष्ट्रका लागि युवा) को आयोजना गरिएको हो। 

आफुलाई दृण, आत्मा विश्वासी, करुणावान, क्षमतावान बनाउन चहाने हर कोहीलाई कार्यक्रममा सहभागी हुने अवसर प्रदान गरीने आयाेजकले जनाएका छन्। भर्खरै कक्षा १२, स्नातक वा स्नातकोतर परिक्षा दिइ बसेकाहरुलाई प्रथामिकता प्रदान गरिने कार्यक्रम तय भएकाे हाे।

कार्यक्रममा १०१ जना सहभागी गराईने तथा कार्यक्रमको लागि एक हजार ५०५ रूपैया फारम शुल्क लाग्नेछ । फारम मानवसेवा आश्रमको सातै प्रदेशमा रहेको शाखा कार्यालयहरू, मानवसेवा आश्रमको आधिकारीक वेवसाईट, फेसबुकबाट पनि प्राप्त गर्न सकिने जनाइएकाे छ । 

खान बस्नको प्रबन्ध आयोजकले गर्नेछ। योग, ध्यान, प्रणायम, क्षमता विकास, व्यत्तित्व विकास, नेतृत्व विकास, बोल्नेकला, तनाव व्यवस्थापन, मातृत्व र राष्ट्र प्रेम, जीवन जिउने कला जस्ता जीवनउपयोगी विषयहरुमा प्रशिक्षण हुने यस नौ दिवसिय ज्ञान हस्तान्तरण कार्यक्रम युवाहरुको जीवन रुपान्तरणका लागि कोसेढुङ्गा सावित हुने विश्वास आयाेजककाे छ।

देश विदेशमा ख्याति प्राप्त प्रशिक्षकहरुबाट प्रशिक्षण गराईने यस जीवनउपयोगी कार्यक्रममा कर्मद्वारा समाजमा सकारात्मक परिवर्तन ल्याउन सफल व्यक्तिहरुबाट प्रशिक्षण गराइने कार्यक्रम छ । 



प्रतिक्रिया दिनुहोस !