१६ बैशाख २०८१, आइतबार

शम्भुजित बाँस्कोटाको ‘यो तिजमा नजाने माईती’ सार्वजनिक

प्रकाशित मिति :  4 August, 2023 8:06 am


काठमाडाैँ । शम्भुजित बाँस्कोटाको ‘यो तिजमा नजाने माईती’ सार्वजनिक भएकाे छ । बिहीवार काठमाडौंमा एक कार्यक्रमकाबिच गीत सार्वजनिक भएको हो । 

गीतमा स्वर मञ्जु थापाको रहेको छ भने संगीत शम्भुजित बाँस्कोटाले भरेका छन् । गीतको भिडियोमा दीपा श्री निरौला, रेजिना उप्रेती, निता ढुंगाना र शिला गजुरेल लगायतका कलाकारको अभिनय छ । 

कार्यक्रममा बोल्दै गायिका थापाले मेहनत गरेअनुसार गीत राम्रो बनेको बताए । त्यस्तै कार्यक्रममा बोल्दै अभिनेत्री दीपाश्री निरौलाले तिज भन्नेबित्तिकै आफू फुरुङ्ग हुने गरेको बताए।

उहाँले गीत र भिडियो उत्कृष्ट बनेको दाबी गायक बाँस्काेटाकाे छ। अभिनेत्री रेजिना उप्रेतीले गीत राम्रो रहेको र गीत सुन्नेबित्तिकै मन परेर अभिनय गरेको प्रतिक्रिया दिइन।

उप्रेतीले आफू घरमै तिज मनाउने भएकाले आफ्नो लागि तिज गीत बनेको जस्तो अनुभव भएको बताइन् । कार्यक्रममा बोल्दै संगीतकार शम्भुजित बाँस्कोटाले गीतमा धेरै मेहनत गरेर बनाएकाले राम्रो रहेको बताए।

संगीतकार बाँस्कोटाले घरमै सबैलाई बोलाएर घरमै तिज मनाएर रमाइलो गर्ने भन्ने सन्देश दिनका लागि गीत सिर्जना गरेको बताए।



प्रतिक्रिया दिनुहोस !