७ जेष्ठ २०८१, सोमबार

काठमाण्डौं उपत्यकामा लकडाउन उल्लघंन गर्ने १३६१ जना नियन्त्रणमा

प्रकाशित मिति :  23 April, 2020 6:49 pm


काठमाण्डौं, ११ वैशाख ।

काठमाण्डौ उपत्यकामा लकडाउन उल्लघंन गर्ने १३ सय ६१ जनालाई नियन्त्रणमा लिएको छ ।

आज विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्मको अवधिमा २ सय ८४ महिला सहित १३ सय ६१ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको   छ । यस्तै प्रहरीले ५ सय ७ वटा दुई पाङ्ग्रे र ४१ वटा चारपाङग्रे गरी ५ सय ४८ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ ।

काठमाण्डौमा सबै भन्दा बढी ११ सय ४१, ललितपुरमा १ सय ४ र भक्तपुरमा १ सय १६ जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले लकडाउन उल्लघंन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !