६ जेष्ठ २०८१, आइतबार

बुधवार पनि पानी पर्ने; पहाडी भूभागमा थाेरै, काेशी र गण्डकीमा भारी वर्षा हुने

प्रकाशित मिति :  16 August, 2023 7:26 am


काठमाडाैँ । आगामी २४ घण्टामा  मधेश प्रदेश लगायत देशको पहाडी भू-भागको केहि स्थानहरुमा र बाँकी भू-भागको थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाेछ । 

विभागका अनुसार कोशी  तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। 

वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरिएकाे छ।



प्रतिक्रिया दिनुहोस !