१७ बैशाख २०८१, सोमबार

रोल्पाको गुम्चालसहित ५ क्षेत्रमा फोरजी सेवा सुरू

प्रकाशित मिति :  16 August, 2023 7:40 pm


काठमाडौँ । रोल्पाको गुम्चालसहित ५ क्षेत्रमा फोरजी सेवा सुरु भएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्रालयका अनुसार रोल्पाको गुम्चाल,प्युठानको जुम्रीकाडा, रुकुम पश्चिमको खारा, सल्यानको रिम र जाजरकोटको घुरमा रहेका नेपाल टेलिकमका टावरहरूमार्फत आजदेखि १८०० ब्याण्डको फोरजी सेवा आरम्भ गरिएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको प्रेस विज्ञ नरेन्द्र केसीले यसघि ८०० ब्याण्डको फोरजी सञ्चालनमा रहेकाले यी क्षेत्रका सबै ठाउँ र सबै मोबाइल सेटमा फोरजी चल्ने अवस्था थिएन ।

अब १८०० ब्याण्डबाट आउने इन्टरनेट सेवा सुरु भएको हो । केही समयअघि दाङको छिल्लीकोट टावरबाट १८०० ब्याण्डमा फोरजी सेवा सन्चालन गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !