७ जेष्ठ २०८१, सोमबार

कपिलवस्तुमा दलित महिलामाथी कुटपिट

प्रकाशित मिति :  24 April, 2020 2:04 pm


 

कपिलवस्तु, १२ वैशाख ।

कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं १ पकडीमा एक दलित महिलामाथि कुटपिट भएको छ ।

पकडी निवासी ४० वर्षीया अनिता पासीलाई स्थानीयवासी चार जनाले सडकमा धुलो उडेका विषयमा कुटपिट गरेका हुन् ।

सडकमा धुलो उडेपछि पानी छर्किने विषयमा विवाद हुँदा आफूलाई पकडीका सानाहे यादव, हरिराम यादव, बडकी ताकियाही र छोटकी तकियाहीले कुटपिट गरेको पीडित पासीले बताईन्।

यही वैशाख ७ गते दिउँसो हावा चलेको बेला सडकको धुलो उडेपछि पासीले बाटामा पानी छर्किँदा तल्लो जातले पानी छर्किनु हुँदैन भन्दै यादव परिवारले अनितालाई कुटपिट गरेको आरोप लागेको छ ।

एकल महिला पासीले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा उजूरी दिएकी छन् । घटनाका विषयमा अनुसन्धान भइरहेको र दोषी भए जातीय छुवाछूत कानूनबमोजिम कारवाही हुने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !