७ जेष्ठ २०८१, सोमबार

नेपालगञ्ज उपमहानगरपालिकाको कोरोना कोषमा ‘हाम्रो चौतारी ग्रुप’द्धारा खाद्यान्न सहयोग

प्रकाशित मिति :  24 April, 2020 6:53 pm


बाँके, १२ वैशाख ।

बाँकेको नेपालगञ्जमा रहेको ‘हाम्रो चौतारी ग्रुप’ले कोरोना भाइरस तथा रोकथाम राहत कोषमा रहयोग गरेको छ ।

ग्रुपले नेपालगञ्ज उपमहानगरपालिकालाई सहयोग गरेको हो । संस्थाले मेयर डा. धवल शमशेर राणालाई खाद्य सामाग्री हस्तान्तरण गरेको हो ।

चौतारी ग्रुपले २५ केजीको १८ बोरा चामल, एक बोरा दाल, दुई पेटी तेल र ५० किलो नुन हस्तान्तरण गरेको हो । चौतारी ग्रुपका राजु शाहीको नेतृत्वमा खाद्य सामाग्री हस्तान्तरण गरिएको थियो ।

खाद्यान्न हस्तान्तरण गदै शाहीले रोगले भन्दा भोकले मर्ने अवस्था आएको भन्दै सहयोग गरेको बताए । उनले सहयोगका लागि सबैलाई आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस !