१६ बैशाख २०८१, आइतबार

अनलाईनबाटै कक्षा सञ्चालन गर्ने त्रिभुवन विश्वविद्यालयको औपचारिक निर्णय

प्रकाशित मिति :  24 April, 2020 7:18 pm


काठमाण्डौं, १२ वैशाख ।

त्रिभुवन विश्वविद्यालयले अनलाईनबाटै कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।

कोरोनाभाइरसको महामारीका कारण लकडाउन सुरु भएपछि बन्द भएको पठन पाठन त्रिभुवन विश्वविद्यालयले अनलाईनबाट सञ्चालन गर्ने निर्णय गरेको हो ।

त्रिभुवन विश्वविद्यालय राजिष्ट्रारको कार्यालयले आज जारी गरेको सूचनामा त्रिभुवन विश्व विद्यालयको प्राज्ञिक परीषद तथा कार्यकारी परीषदले अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको उल्लेख छ ।

त्रिवि कार्यकारी परीषद्ले तत्कालको अवस्थामा विद्युतीय माध्यमबाट गरिने कक्षा सञ्चालन सम्बन्धि निर्देशिका २०७७ समेत स्वीकृत गरी कार्यान्वयनमा ल्याएको जनाएको छ ।

अनलाइन कक्षा सञ्चालनको व्यवस्था गर्न सबै डिन कार्यालयहरुमा पत्र पठाइसकेको जानकारी त्रिवि रजिष्ट्रारको कार्यालयले गराएको छ । राजिष्ट्रारको कार्यालयले भनेको छ ।

आ—आफ्ना डीन कार्यालयसँग समन्वय गरी विद्युतीय माध्याम(अनलाईन)बाट कक्षा सञ्चालन गर्नु गराउनु हुन त्रि.वि.का सबै आंगिक क्याम्पस,स्कूल,विभागहरु तथा सम्बन्धन प्राप्त क्याम्पस तथा सम्बन्धित सबै शिक्षक कर्मचारी, विद्यार्थीहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

राष्ट्रिारको कार्यालयले शैक्षिक बर्षा असर नपरोस भन्ने ध्येयले प्रयोगात्मक बाहेक सबै कक्षा अनलाईनबाट सञ्चालन गर्न भनिएको छ ।



प्रतिक्रिया दिनुहोस !