१२ श्रावण २०८१, शनिबार

रोल्पा सुनछहरी गाउँपालिकाका विद्यालयमा मगर खाम भाषा अनिवार्य गरेपछि विरोध,ऐच्छिक बनाउन माग

प्रकाशित मिति :  28 August, 2023 4:19 pm


रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिकाले विद्यालय तहमा मगर खाम भाषा अनिवार्य गर्न खोजेएपछि विरोध सुरु भएको छ ।

गाउँपालिकाले यसवर्षदेखि मगर खाम भाषा पढाई सुरु गरेको छ । यस वर्ष १ कक्षादेखि मगर खाम भाषा अनिवार्य पढाइ सुरु गरेको छ । कक्षा ८ सम्म नै अनिवार्य गर्ने तयारी गरिएकाे छ ।

खाम भाषा अनिवार्य गरिएको विराेधमा आज गाउँपालिकाका अध्यक्ष धनबहादुर पुनमगरलाई ज्ञापन पत्र बुझाइएको छ ।

टेकबहादुर विष्टले गाउँपालिकाका सम्पूर्ण खस आर्य समुदायको तर्फबाट भन्दै बुझाइएको ज्ञापन पत्रमा खाम भाषा अनिवार्य नभइ ऐच्छिक गर्न माग गरिएको छ ।

ज्ञापन पत्रमा ‘खाम भाषा विषय शिक्षण गर्ने भनि गरिएको निर्णय प्रति पालिका भित्रका खस आर्य तथा मगर खाम भाषा मातृभाषा नभएका समुदाय तथा विद्यार्थीहरूका लागि आपति रहेकोले पालिकाले तत्काल सो निर्णय सच्याइ आफ्नो मातहतका विद्यालयहरूमा मगर खाम भाषा विषयलाई अनिवार्य नभै ऐच्छिक विषयमा’ राख्न भनिएको छ ।

अन्य मातृभाषा भएका विद्यार्थीहरूले मगर खाम भाषा विषय वा अन्य वैकल्पिक विषय अध्ययन गर्न पाउने व्यवस्था गरिदिन भनिएको छ ।

ज्ञापन पत्र बुझ्दै गाउँपालिका अध्यक्ष धनबहादुर पुनले यस वर्ष कार्यान्वयनमा गइसकेको र अर्को वर्षदेखि यसलाई विचार गरिने बताएका छन् । उनले शिक्षा समिति हुँदै कार्यपालिकामा छलफल गर्ने अध्यक्ष पुनले आश्वासन दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !