१२ श्रावण २०८१, शनिबार

चीन जाने पर्यटकको अब कोरोना परीक्षण अनिवार्य नहुने

प्रकाशित मिति :  29 August, 2023 2:12 pm


A medical worker (L) takes a nasal swab sample from a man at a Covid-19 coronavirus testing centre in Seoul on March 17, 2022, after South Korea’s daily infections rose sharply to hit a new high of over 600,000. (Photo by Jung Yeon-je / AFP) (Photo by JUNG YEON-JE/AFP via Getty Images)

काठमाडौँ । अगस्ट ३० देखि चीन भ्रमणमा जाने पर्यटकहरूका लागि न्युक्लिक एसिड परीक्षण र एन्टिजेन परीक्षण गर्नु नपर्ने भएको छ ।

सोमबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ यीले अगस्ट ३० बाट चीन जाने कोही पनि व्यक्तिले एन्टिजेन परीक्षण गर्नैपर्ने बाध्यता हटाउने बताएका हुन् ।

२०१९ को डिसेम्बरमा चीनमा पहिलो पटक कोरोना भाइरस (कोभिड १९) संक्रमण देखा परेको थियो । चीनपछि बिस्तारै विश्वभर नै कोरोना भाइरसको संक्रमण फैलिँदा लाखौँ मानिसहरूको निधन भएको थियो भने अर्बौं मानिसहरू संक्रमित भएका थिए ।

२०१९ देखि हालसम्म पनि कोरोना भाइरस अधिकांश मुलुकहरूमा अहिले पनि देखा पर्दै आइरहेको छ । सोमबार पत्रकार सम्मेलनमा उनले अगस्ट ३०, २०१९ बाट भने चीन भित्रिने पर्यटकका लागि कोभिड १९ को परीक्षण अनिवार्य नरहेको बताए ।



प्रतिक्रिया दिनुहोस !