६ जेष्ठ २०८१, आइतबार

रक्षाबन्धनमा फस्टाउँदाे राखी व्यापार (फाेटाेफिचर)

प्रकाशित मिति :  30 August, 2023 10:31 pm


गुरू पूर्णिमा तथा रक्षाबन्धनकाे अघिल्लाे दिन कराेडाैँका राखी छ्यास्छ्यास्ती विक्री भइरहेका छन् । काठमाडाैँका सडक किनारका साना पसलदेखि डिपार्मेन्टल स्टाेरसम्ममा यस्ता राखीहरू सहज उपलब्ध छन् भने किन्न जाने सर्वसाधारणकाे घुँइचाे देखिएकाे छ । खासगरी नेपालकाे तराइ क्षेत्र र भारतमा यसै दिनमा नेपाली परम्परा अनुसार मनाइने तिहार झैं दिदी बहिनी र दाजुभाइले राखी बाँधेर पर्व मनाउने प्रचलन रही आएकाे छ । पहाडमा जनै पूर्णिमाकाे रूपमा मनाइदै जनै फेर्ने र हातमा धागाे बाध्ने गरिँदै आइएकाेमा पछिल्ला वर्षहरूमा काठमाडाैँ लगायतका सहरमा राखीकाे प्रचलण बढ्न थालेकाे हाे । 

शब्द/तस्बिरः पुष्पा पाल



प्रतिक्रिया दिनुहोस !