६ जेष्ठ २०८१, आइतबार

गाईजात्रा मनाइँदै 

प्रकाशित मिति :  31 August, 2023 8:07 am


काठमाडाैँ। मृत्युका देवता यमराजलाई पूजा गरेर आज गाइजात्रा मनाइँदैछ । राजा प्रताप मल्लले नाबालक छोरा गुमाएको त्यस वर्षभरिमा राज्यमा मृत्यू भएका नागरिकहरूका आफन्तलाई गाई सहित दरबार अगाडीबाट रानीले देख्ने गरि जात्रा निकाल्न आह्वान गरेपछि हरेक वर्ष गाइजात्रा मनाउन थालिएकाे हाे।

विक्रम संवत् १६४१ देखि १६६४ मा राजा प्रताप मल्लको नाबालक छोराको निधनले उनकी रानीलाई परेको वियोगको शोकका कारण विक्षिप्त बनेकी थिइन् र धेरै समय बितिसक्दा पनि सामान्य जीवनयापन र राजकाजमा नफर्किएर एक्लै टोलाएर बस्ने गरेकी थिइन् । मृत्यु भनेको कसैको नियन्त्रण नहुने क्षण हो भन्ने यथार्थलाई बुझाउन याे प्रचलन सुरू गराएका थिए। 

प्रताप मल्लले सुरू गराएकाे साे जात्रामा जात्रामा विभिन्न ठट्टा, चटक र व्यङ्गहरू पनि समावेश गर्न जनतालाई प्रोत्साहन गरेको हुँदा रानीले उक्त कुराहरु हेरेर सम्पूर्ण पीडा बिसाएर फोहोरा छोडेर हाँसेकी समेत थिइन ।

आजको दिन यमराज अर्थात् मृत्युका देवताको पूजा अर्चना गरेमा मृत आत्माहरुले मुक्ति पाउने जनविश्वास पनि रही आएको छ । गाईजात्रा निकाल्दा गाईलाई अघि अघि लाएर जात्रा निकालिन्छ र यदि गाई नभएमा कुमार केटोलाई गाई जस्तै बनाएर अघि लाइन्छ । 

विभिन्न मुखुण्डो र रङ्गीचङ्गी पोसाक लगाएका मान्छेहरू बाजागाजाका साथ बेग्लै खाले ध्वजा पताकाहरू तथा बितेका आफन्तजनको तस्बिर सहित जात्रामा समावेश हुन्छन् । गाईजात्रा काठमाण्डौको प्रमुख चाड भएता पनि देशका अरू ठाउँ र सहरमा पनि गाई जात्राको मनाइँदै आइएको छ । 

नेपालमा हास्य कलाकारहरु आ-आफ्ना प्रहसन, व्यङ्ग्य र हाउभाउले हामीलाई हँसाउन विभिन्न कार्यक्रम गर्ने गरेका छन्।

पछिल्ला वर्षमा ‘सिस्नु पानी नेपाल’ले गाईजात्रा विशेष कार्यक्रममा राजनैतिक व्यक्तित्वकाे उपस्थितिमा आम नागरीकहरूको बिचमा उनीहरूकै सामु उनीहरूकै राम्रा र नराम्रा पक्षहरू सबले सुन्ने गरी, देख्ने गरी व्यङ्ग्यात्मक अभिनयसहितको वास्तविक चित्र कोर्ने पनि गरकाे छ।



प्रतिक्रिया दिनुहोस !