६ जेष्ठ २०८१, आइतबार

विश्व संस्कृत दिवस मनाइँदै 

प्रकाशित मिति :  31 August, 2023 8:27 am


काठमाडाैँ । आज दिन विश्वभर संस्कृत दिवस मनाइँदैछ । प्रत्येक वर्ष साउन शुक्ल पूर्णिमा (ऋषि तर्पणी) अर्थात जनैपूर्णिमाको दिन जरो किलो प्रतिष्ठान नेपाल लगायत विभिन्न संघ संस्थाहरूको आयोजनामा विश्व संस्कृत दिवस आयोजना गर्ने गरिन्छ। 

आज छैठौँ विश्व संस्कृत दिवस मनाइँदैछ । जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा विसं २०७५ सालदेखि स्वदेश तथा विदेशका विभिन्न स्थानहरूमा विश्व संस्कृत दिवस मनाउन थालिएकाे हाे।

पाँच हजार वर्षभन्दा पुरानो इतिहास रहेको संस्कृत भाषामा श्रावण पूर्णिमाको दिन वेद पाठनको सुरुवात भएकाले आजको दिन नै संस्कृत दिवस भनेर मनाइन थालेको हो।

संस्कृत भाषाको वस्तुगत महत्त्वलाई जन समक्ष पुर्‍याउन र संस्कृत साहित्यमा रहेको ज्ञानको अनुसन्धान गर्न, बौद्धिक समुदायलाई यसप्रति उत्प्रेरित गर्न, विद्यार्थीलाई संस्कृत भाषाको अध्ययन गर्ने प्रेरणा दिन हरेक वर्षको जनै पूर्णिमाका दिन ‘विश्व संस्कृत दिवस’ मनाउने गरिएको हो । 

आज विद्यालय, विश्वविद्यालय, गुरुकुल, विहार, मठ, मन्दिर, गुम्बा लगायत सम्पूर्ण शैक्षिक, धार्मिक, सामाजिक तथा भाषिक क्षेत्रमा काम गर्न स्थापित संघ संस्थाहरूलाई छैठौँ विश्व संस्कृत दिवस मनाउन आव्हान गरिएकाे छ।



प्रतिक्रिया दिनुहोस !