४ बैशाख २०८१, मंगलबार

सांसद रोकाद्धारा रुकुम पूर्वका स्थानीय तहलाई स्वास्थ्य सामाग्री वितरण

प्रकाशित मिति :  25 April, 2020 1:25 pm


रुकुम पूर्व, १३ वैशाख ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नेतृत्व एवं प्रतिनिधिसभा सदस्य कमला रोकाले गृह जिल्ला रुकुम पूर्वका स्थानीय तहलाई (कोभिड-१९) रोकथाम तथा नियन्त्रणसम्बन्धी स्वास्थ्य सामग्री वितरण गरेकी छन् ।

कोरोना भाइरस परीक्षणमा आवश्यक पर्ने थप सामग्री लिएर रुकुम पुगेकी सांसद् रोकाले रुकुम पूर्वका ३ वटै स्थानीय तह र जिल्ला अस्पताल लगायतलाई स्वास्थ्य सामाग्री वितरण गरेकी हुन् ।

सांसद रोकाको पहलमा पुथा उत्तरगंगामा ५ थान थर्मल गन,सेनीटाइजर ३० वटा, पीपीई १३ थान र मास्क १ हजार थान, भूमे गाँउपालिकालाई थर्मल गन,३ थान,सेनीटाइजर ३० वटा,पीपीई ११ थान र मास्क १ हजार थान वितरण गरिएको छ ।

त्यस्तै सिस्ने गाँउपालिकालाई थर्मलगन ३ थान,सेनिटाइजर ३० वटा, पीपीई ११ थान र मास्क १ हजार थान वितरण भएको छ । त्यस्तै जिल्ला अस्पताललाई थर्मल गन १ थान र पीपीई ५ थान तथा जिल्ला प्रहरी कार्यालयलाई थर्मल गन २ थान,सेनीटाइजर ५ वटा र मास्क ५० पिस वितरण भएको छ ।

पूर्वमन्त्री समेत रहेकी रोकाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलगायत विभिन्न संघसंस्थाको सहयोगमा १४ थर्मल गन, ४० थान पिपिई, मास्क र स्यानिटाइजरलगायत सामग्री काठमाडौँबाट ल्याइएको जानकारी दिईन् । सात थर्मल गन राप्ती हाइड्रोपावर प्रोजेक्टले उपलब्ध गराएको हो ।

३ हजार १ सय ५० थान मास्क र दुई बाकस स्यानिटाइजर उद्योग मन्त्रालयले उपलब्ध गराएको थियो । चालीस थान पिपिई भने महावीर पुनको आविष्कार केन्द्रले सहयोग गरेको सांसद रोकाले जानकारी दिईन् ।

सरकारले उपलब्ध गराएको स्वास्थ्य सामग्री रुकुमपूर्वमा अभाव भइरहेको गुनासो आइरहेका बेला विभिन्न ठाउँबाट थप ल्याइएका सामग्रीले सम्भावित कोरोना सङ्क्रमित व्यक्तिको स्वास्थ्य जाँचमा सहज हुने रोकाको विश्वास छ ।

जिल्लामा आवश्यक सामग्री उपलब्ध गराउनका लागि विभिन्न ठाउँबाट पहल भइरहेकाले स्वास्थ्यकर्मीलाई सुरक्षित र ढुक्क भएर बिरामीको सेवामा खट्न उनले आग्रह गरिन् ।



प्रतिक्रिया दिनुहोस !