६ जेष्ठ २०८१, आइतबार

साईकल यात्रा र ह्विलचियरमैत्री सडक प्राथमिकतामा राखियाेस्: कलाकार आचार्य

प्रकाशित मिति :  3 September, 2023 9:14 am


काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पैदलयात्री, साईकल यात्री र ह्विल चियरमैत्री सडक अहिलेको आवश्यकता रहेको बताएका छन्।

काठमाडौँ आयोजित सडक अधिकार र स्वच्छ वायुको लागि नागरिक भेलामा आचार्यले शहरको नीति निर्माणमा साईकल यात्रा र ह्विलचियरमैत्री सडक प्राथमिकतामा पारिनुपर्ने बताएका हुन्।

आचार्यले काठमाडौँमा सडकहरुमा साइकल चलाउने वातावरण नभएको बताए। उनले स्वच्छ वायुका लागि पनि साइकल यात्रा उपयुक्त हुनुपर्ने भन्दै त्यसतर्फ सरकारको ध्यान जानुपर्ने बताए।

आचार्यले मानव स्वास्थ्यका लागिपनि साईकल यात्रा उपयुक्त हुने बताए। साईकलले प्रदुषण घटाउने र डिजेल पेट्रोलका साधनले प्रदुषण बढाउने भएकाले साईकल, ह्विलचियर र पैदलयात्रीमैत्री सडकलाई प्राथमिकतामा पारिनुपर्ने उनकाे भनाइ छ।

सडकका नयाँ संरचनाहरु बनिरहेपछि साईकल लेन छुट्टयाउन कन्जुस्याँई गरिएको आचार्यको भनाई छ । उनले आफूसँग साइकल चलाउने सीप भएप्नि साईकल चलाउने ठाउँको अभाव हुँदा समस्या भएको बताए।

कार्यक्रममा बाेल्दै प्रतिनिधि सभा सदस्य कृष्णगोपाल श्रेष्ठले यात्रुमैत्री सडक हुनुुपर्ने बताए । उनले सडक सवारी साधनको मात्रै नभएको भन्दै पैदलयात्री, साइकल र ह्विल चियर यात्रीका लागि पनि भएको बताउनु बताए।

श्रेष्ठले नेपाल संसारकै प्रदुषित शहरमध्ये एक भएको भन्दै अहिले सडकमा क्षमताभन्दा बढी गाडी गुडाइरहेको चर्चा गर्दै सवारी साधनले अस्वभावीक ढंगले धुवाँ फालिरहेका कारणपनि प्रदुषण बढेको बताए।

पैदलयात्री, साइकल र ह्विलचियर यात्रीको सुरक्षित यात्रा गर्ने सडक अधिकार र स्वच्छ वायुको लागि नागरिक भेला भएको थियो । 



प्रतिक्रिया दिनुहोस !