२० बैशाख २०८१, बिहिबार

आज कृष्ण जन्माष्टमी, भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदै

प्रकाशित मिति :  6 September, 2023 7:30 am


काठमाडाैँ । आज भगवान कृष्णकाे जम्मिएकाे दिन, कृष्णाष्टमी मनाइँदै छ । वैदिक अनुयायीहरूले प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइन्छ । 

हिन्दु धर्मावलम्वी तथा कृष्णका भक्तजनले मामा कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट आजैका दिन जम्निएकाे दिन भएकाले विशेष दिनका रूपमा मनाउने गर्दछन्।

काठमाडाैँकाे पाटन कृष्णमन्दिरमा आज भक्तजनकाे विशेष घुँइचाे हुन्छ । बुढानिलकण्ठस्थित इस्काेनदेखि देशभर कृष्णकाे प्रतिमामा पूराअर्चना गर्दै मनाइने प्रचलन रहेकाे छ । 

कृष्णलाइ राधा कृष्णकाे प्रेमकाे प्रतिकका रूपमा, चकचके वालककाे रूपमा पनि स्मरण गर्ने गरिन्छ । नेपालमा स्कुलहरूमा साना नानीहरूलाइ कृष्ण र राधा बनाएर विभिन्न कार्यक्रम पनि गर्ने गरिन्छ । 

महाभारत युद्धमा पाण्डपलाइ सघाएका कृष्णलाइ चतुर, कुटनीतिक र पराक्रमी पात्रका रूपमा पनि लिने गरिन्छ । 

कृष्णलाइ माया गरेर विभिन्न नामले सम्बाेधन गर्ने गरिन्छ । गोविन्द, कान्हा, कन्हैया, काले, मुरलीमनोहर, श्यामसुन्दर, माखनचोर आदि नामबाट बाेलाइन्छ। संकटबाट मुक्ति दिलाउने पात्रका रूपमा पनि कृष्णलाइ स्मरण गर्ने गरिन्छ । 

श्री मद्भाग्वत गीतामा कृष्ण स्वंले अर्जुनलाई भनेका छन्, “यदा यदा ही धर्मस्य, ग्लानिर्भवति भारत, अभ्युत्थानम् धर्मस्य, तदात्मनं सृजाम्यहम्” अर्थात्, “जब जब संसारमा धर्मको हानी हुँदै गएर अधर्म हावी हुँदै जान्छ, तब तब धर्मको रक्षाका लागि म स्वयम यस धर्तीमा नयाँ अवतार लिएर आउनेछु।” 



प्रतिक्रिया दिनुहोस !