१२ श्रावण २०८१, शनिबार

हेटौँडाका सम्पूर्ण स्वास्थ्य संस्था ठप्प, डाक्टरसहित ७८ जनाले दिए सामूहिक राजीनामा

प्रकाशित मिति :  15 September, 2023 8:25 am


हेटौँडा । डाक्टरमाथि कुटपिटमा संलग्नलाई कारबाहीको माग गर्दै हेटौँडाका सम्पूर्ण स्वास्थ्य संस्थाले आकस्मिक बाहेकका सबै सेवाहरू बन्द गरेका छन् ।

हेटौंडा उपमहानगरपालिका- १ मा रहेको सन्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा तथा प्रशान्त विडारीमाथि भएको कुटपिटमा संलग्नलाई कारबाहीको माग गर्दै सरकारी तथा निजी स्वास्थ्य संस्थाका आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको हो ।

कुटपिटमा संलग्नलाई कारबाहीको माग गर्दै हेटौंडा अस्पतालमा कार्यरत ७८ जना चिकित्सकसहित स्वास्थकर्मीले सामूहिक राजीनामा समेत दिएका छ्न् ।

वुधबार बिहान हेटौँडा–१ भिन्तुनापथस्थित सन्चो अस्पतालमा चिकित्सकमाथि साङ्घातिक आक्रमण भएको थियो । आक्रमणमा परी एनेस्थेसिया डा. प्रशान्त बिडारी र डा. विकास थापा घाइते भएका छन् ।

एक महिनाअघि मृत्यु भएका हेटौँडा–१२ का राजेश प्रधानका आफन्तले अस्पतालभित्र प्रवेश गरी बुधबार डाक्टरमाथि कुटपिट गरेका हुन् । घटनामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।



प्रतिक्रिया दिनुहोस !