२ जेष्ठ २०८१, बुधबार

डिशहोम फाइवरनेटकाे नयाँ अफर ‘कनेक्सनको दोब्बर उत्सव’

प्रकाशित मिति :  20 September, 2023 3:53 pm


काठमाडौँ । डिशहोम फाइवरनेटले नयाँ अफर ‘कनेक्सनको दोब्बर उत्सव’ सुरु गरेको छ । ग्राहकले उच्च गतिको इन्टरनेट संगै डबल ब्यान्डविथ पाउने गरि डिशहोमले नयाँ अफर सुरु गरेको हो ।

योजना मार्फत यो चाडवाडको मौसममा डिशहोम फाइवरनेटको नयाँ कनेक्सन लिने ग्राहकले एक दाममा ‘डबल ब्यान्डविथ’ अर्थात ० एमबिपिएसको पैसा तिर्दा १०० एमबिपिएसको ब्यान्डविथ पाउने छन् ।

अफर अन्तर्गत आफ्ना ग्राहकहरूले शुलभ मुल्यमा डिशहोम फाइवरनेटको उच्च गति र उत्कृष्ट सेवाको अनुभव लिन पाउनुहुनेछ भन्नेमा कम्पनीले विश्वास लिएको छ ।

नेपालको सबैभन्दा छिटो, भरपर्दो र विश्वसनीय सेवा प्रदान गर्नको लागि कम्पनी सधै तत्पर रहेको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

ग्राहकहरूले आफ्नो बजेट अनुसारको इन्टरनेट र टिभी प्याकेज छानि छानि लिन पाउने र अन्य सेवा प्रदायकको भन्दा छिटो छरितो र उत्कृष्ट ग्राहकसेवाका कारण पछिल्लो समय डिशहोम फाइवरनेट लोकप्रिय इन्टरनेट सेवा प्रदायक वन्न सफल भएका कम्पनीले जनाएको छ ।

डिशहोम फाइवरनेटको जडान तथा अन्य सेवाहरु नजिकैको डिलर दाइ अथवा हाम्रो ग्राहक सेवा केन्द्रको फोन नं. ०१ ५९७०३६५ मा फोन गरेर लिन सकिने उल्लेख छ ।

उल्लेखित योजना अन्तर्गत डिशहोम फाइवरनेट जडान जडान गर्ने ग्राहकहरुले निम्न वमोजिमको ब्यान्डविथ शुलभ मुल्यमा पाउन सकिनेछ :
८५०+५० एमबीपीएसः एक वर्षका लागि १०० एमबीपीएस ब्यान्डविथ उहि पुरानै ५० एमबीपीएसको मुल्यमा मात्र रु.७,८९८ (भ्याट वाहेक) मा जडान गर्न सकिने ।

८७५+७५ एमबीपीएसः एक वर्षका लागि १५० एमबीपीएस ब्यान्डविथ उहि पुरानै ७५ एमबीपीएसको मुल्यमा मात्र रु.८,७५९ (भ्याट वाहेक) मा जडान गर्न सकिने ।

८१००+१०० एमबीपीएसः एक वर्षका लागि २०० एमबीपीएस ब्यान्डविथ उहि पुरानै १०० एमबीपीएसको मुल्यमा मात्र रु.९,६९८ (भ्याट वाहेक) मा जडान गर्न सकिने ।

८१५०+१५० एमबीपीएसः एक वर्षका लागि ३०० एमबीपीएस ब्यान्डविथ उहि पुरानै १५० एमबीपीएसकै मुल्यमा मात्र रु.७,८९८ (भ्याट वाहेक) मा जडान गर्न सकिने ।



प्रतिक्रिया दिनुहोस !