२० बैशाख २०८१, बिहिबार

गायिका अधिकारीकाे स्वरमा ‘शिर सजाउने फूल’ गीतकाे फिमेल भर्सन सार्वजनिक (भिडियाे)

प्रकाशित मिति :  25 September, 2023 1:46 pm


काठमाडाैँ । गायिका समिक्षा अधिकारीको आवाजमा चर्चित पूरानो गीत ‘शिर सजाउने फूल’ सार्वजनिक गरिएको छ ।

सगरमाथा डिजिटलले गायक शिव परियारको आवाजमा रहेको यस गीतलाई गायिका अधिकारीको स्वरमा ‘फिमेल भर्सन’ सार्वजनिक गरेको हो ।

करिब १० वर्ष अघि सगरमाथा डिजिटलले नै गायक परियारको स्वरमा यस गीतलाई बजारमा ल्याएको थियो । १० वर्षपछि गीतले बल्ल महिला आवाज पाएको हो ।

कर्ण चापागाइँकाे शब्द रचनामा रहेको यस गीतमा वसन्त सापकोटाले संगीत दिएका छन् । विगतमा पनि सापकोटाकै संगीतमा गायक परियारले गीत गाएका थिए ।

गायक परियारको स्वरमा यसअघि यस गीतले युट्युवमा १८ लाख ४२ हजार हाराहारीमा भ्युज पाएको थियो । गायिका अधिकारीको स्वरमा पनि गीत लोकप्रिय हुने निर्माण पक्षको भनाइ छ ।

गीतको एरेन्ज विशम सापकोटाले गरेका हुन् । अनिल के मानन्धरको निर्देशनमा रहेको यस गीतमा गायिका अधिकारी नै भिडियोमा देखिएकी छन् ।

ए प्लस रेकर्डिङ स्टुडियोमा यस गीतको रेकर्ड सबिर केसीले गरेका हुन् भने सरोज केसीले गितार बजाएका छन् । बाँसुरीमा रत्न बिके छन् भने तबला तथा ढोकल बुढाथोकीले बजाएका छन् ।

सगरमाथा डिजिटल्सले यसअघि झरनाको चिसो पानी, हिउँचुलीमा घाम लगायतका कालजयी गीतहरू सार्वजनिक गरिसकेको छ । नयाँ गीत पनि विगतको गीत जस्तै दर्शक तथा स्रोताले रुचाउने कम्पनीको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !