२४ बैशाख २०८१, सोमबार

आज विश्व पर्यटन दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

प्रकाशित मिति :  27 September, 2023 7:12 am


काठमाडौँ । आज ४४ औं विश्व पर्यटन दिवस विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइदैँछ । हरेक वर्षको सेप्टेम्बर २७ मा यो दिवस मनाउने गरिन्छ।

नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइदैँछ । दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका संघसंस्थाले पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागेका हुन् ।

यस वर्ष ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ नेपालमा विश्व पर्यटन दिवस मनाउन लागिएको पर्यटन मन्त्रालयले जनाएको छ। दिवस भव्यरूपमा मनाउन पर्यटनमन्त्री सुदन किरातीको संयोजकत्वमा ४४ औं विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरिएको छ।

‘सबैका लागि पर्यटनः पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’ नारासहित हरेक वर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाइन्छ।



प्रतिक्रिया दिनुहोस !