२४ बैशाख २०८१, सोमबार

एकैपटक ७ सय २३ बढी भारतीय धार्मिक पर्यटक नेपालमा

प्रकाशित मिति :  28 September, 2023 6:06 pm


काठमाडौँ । विश्व पर्यटन दिवस सर्न्दभमा नै एकै पटक ७२३ भारतीय धार्मिक पर्यटक नेपाल आएका छन् । नेपालका धार्मिक तीर्थस्थलमा दर्शनका लागि एकैपटक ७२३ भारतीय धार्मिक पर्यटकहरू नेपाल आएका हुन् । उनीहरू लुम्बिनीमा जानकी मन्दिरको दर्शनी पछि असोज ९ गते मङ्गलबार काठमाडौँ आएका हुन् ।

७२३ भारतीय धार्मिक पर्यटकहरूले पशुपति दर्शन तथा ललितपुरको पाटन दरबार स्क्वायर र भक्तपुर दरबार स्क्वायरको समेत अवलोकन गरेका छन् । भारतीय धार्मिक पटकहरु नेपालका प्रसिद्ध धार्मिक स्थलको अवलोकन गर्ने छन् ।

भारतीय धार्मिक पर्यटकलाई भारतको धनश्याम ट्राभलमार्फत नेपालका प्रसिद्ध धार्मिक स्थलहरू लुम्बिनी, जनकपुरको जानकी मन्दिर, पशुपतिनाथ, काठमाडौँ उपत्यकाका विभिन्न स्थान, पोखरा, मनकामना हुँदै मुक्तिनाथसम्म जाने तयारी उनीहरूको रहेको छ । यसअघि सात सय बढी बङ्गलादेशी पर्यटकहरू चार्डड जहाजबाट नेपाल भ्रमणका लागि आएका थिए ।

त्यसपछिको सबैभन्दा बढी स्थल मार्गमार्फत भारतीय नागरिकको टोली नेपाल भ्रमणका लागि आएका हुन् । भारतीय धार्मिक पर्यटक व्यवस्थापन काठमाडौँका विभिन्न होटलहरुमा गरिएको एयरपोर्ट होटलका प्रबन्ध निर्देशक रामप्रसाद सापकोटाले बताए ।

उनले ७२३ भारतीय पर्यटकहरूमा भारतमा नै बसोबास गर्नेभन्दा पनि भारतबाट अमेरिका लगायतमा गएर बस्ने नागरिकहरू रहेको बताए । उनले नेपालका धार्मिक पर्यटकीय क्षेत्रहरूलाई विश्वमा चिनाउने काम गर्ने जानकारी दिए। उनले धार्मिक तथा अन्य पर्यटकहरू वृद्धि गर्नको लागि राज्यले प्राथमिकता दिएर सडकहरूलाई सुधार गर्न आवश्यक रहेको बताए ।

निर्देशक सापकोटाले अहिले पर्यटकहरूका लागि सबैभन्दा सडक मार्गको असुविधा रहेको भन्दै सुधार गर्न माग गरे । उनले नेपालमा धार्मिक पर्यटक वृद्धि गर्नको लागि निजी क्षेत्र सधैँ लागि रहेको भन्दै भारतीय ७२३ जना पहिलो भएको बताए । उनले नेपालमा धार्मिक पर्यटक वृद्धि गर्नसके होटल क्षेत्रको लागि राम्रो हुने बताए ।

त्यस्तै, भारतीय धार्मिक पर्यटक राजेन्द्र ठक्करले ७२३ यात्रुहरूलाई लिएर नीलकण्ठमणि यात्रामा नेपालमा सबै प्रसिद्ध धार्मिक स्थलहरूको दर्शन गर्न आएको बताउनुभयो । उहाँले नेपाल प्राकृतिक र धार्मिक रूपमा सुन्दर रहेको पाएको जिकिर गर्नुभयो । उहाँले नेपालमा १३ दिनको धार्मिक यात्राका लागि आएको जानकारी दिनुभयो । उहाँले नेपाल पर्यटकीय हिसाबमा धेरै राम्रो रहेको बताउनुभयो । भारतदेखि ५२ वटा सवारी साधनमा यात्रुहरू रहेको उहाँको भनाइ छ ।

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२३ को ६ महिनाको अवधिमा कुल पर्यटक आगमन चार लाख ७६ हजार ४८१ जना आएका छन् भने पछिल्लो एक महिनामा ६७ हजार १५३ जना पर्यटक नेपाल आएका छन् । यो महिनामा महिनामा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । भारतपछि चीन र अमेरिकाबाट धेरै पर्यटक नेपाल आएको पर्यटन आएका छन् । यो महिनामा नेपाल भ्रमण गर्ने भारतीयको सङ्ख्या २६ हजार ६६५ रहेको छ



प्रतिक्रिया दिनुहोस !