२ जेष्ठ २०८१, बुधबार

आविष्कार केन्द्रले बनायाे माैरी चराउन लैजाने ट्रली, नाै लाखकाे ट्रली पाँच लाखमा विक्री गर्दै

प्रकाशित मिति :  2 October, 2023 8:46 am


काठमाडाैँ । राष्ट्रिय आविष्कार केन्द्रले माैरी चराउन लैजान मिल्ने ट्रली निर्माण गरेकाे छ । केन्द्र  प्रमुख महावीर पुनले यसकाे मूल्य पाँच लाख पर्ने जनाएका छन् । 

ट्रयाक्टरकाे सहायताले तानेर एक ठाउँबाट अर्काे ठाउँ लैजान सकिने ट्रलीमा ७६ घार माहुरी अटाउँले पुनले जनाएका छन्। 

अर्डर गरेर बनाइएकाे ट्रली अर्डर गर्नेले नलगेपछि पाँच लाखमा विक्रिमा राखेकाे उनले बताएका छन्, “यो ट्रक माहुरी ब्याबसायी संघ बुटवलका साथीहरु र कृषि विभागका हाकिमहरुले राष्ट्रिय आविष्कार केन्द्रमा नै आएर यो ट्रली बनाउन लगाएका थिए ।” 

बनिसके पछि उनीहरुले नलाँदा केन्द्रलाई घाटा पारेकाे आराेप पुनकाे छ । करीब ९ लाख रुपैंया लागतमा बनाइएकाे ट्रली पुनले पाँच लाखमा विक्री गर्न लगाएकाे जनाएका छन्।

व्यवसायीक माैरी पालकले फरक फरक प्रकृतिकाे मह उत्पादन गर्नका लागि माैरी चराउने प्रचलन छ । चितवन, बुटवल क्षेत्रबाट चिउरी फुल्ने सिजनमा माैरी चराउन प्युठान र राेल्पासम्म लैजाने गरेका छन्।



प्रतिक्रिया दिनुहोस !