७ जेष्ठ २०८१, सोमबार

सवारी साधनहरुले यात्रुसँग बढी भाडा लिएको भन्दै कारवाहीको माग

प्रकाशित मिति :  27 April, 2020 1:15 pm


फाईल फोटो

काठमाण्डौं, १५ बैशाख ।

राष्ट्रिय उपभोक्ता मञ्चले विषम परिस्थितिमा पनि सवारी साधनहरुले यात्रुसँग बढी भाडा लिएको भन्दै कारवाही गर्न सरकारसँग माग गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई आज पत्र लेख्दै मञ्चले यातायात व्यवसायीहरुले मानवीय संवेदनशीलता र बाध्यतालाई समेत परवाह नगरी सवारी भाडा अत्याधिक बढी लिई ठगेको भन्दै कारवाहीको माग गरेको हो ।

मञ्चले भनेको छ,‘मानवीय सेवा जस्तो पवित्र कार्यमा लाग्नु पर्ने सवारी यातायातका व्यवसायीहरुले मानवीय संमवेदनशीलता र बाध्यतालाई समेत परवाह नगरी सवारी भाडा अत्याधिक बढि लिई व्यापक रुपमा ठगी गरेको गुनासो यस मन्चमा आएको व्यहोरा श्रीमानमा जानकारीको लागी अनुरोध गर्दछौं ।’

मञ्चले यस बिषयमा तत्काल आवश्यक छानविन गरी बढि भाडा लिने व्यवसायी तथा चालकहरुमाथि कारवाही प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई आग्रह गरेको अध्यक्ष प्रेमलाल महर्जनले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !