२ जेष्ठ २०८१, बुधबार

एनसेलले ल्यायो ‘अलवेज अन डेटा’ प्याक

प्रकाशित मिति :  3 October, 2023 2:00 pm


काठमाडौँ । एनसेल आजियाटाले सुलभ दरमा मोबाइल डेटामा पहुँच सुनिश्चित गर्दै आकर्षक डेटा प्याक ‘अलवेज अन डेटा’ ल्याएको छ।

यो प्याक सञ्चालनमा आएसँगै अब एनसेलका ग्राहकले कर सहित मात्र १०० रुपैयाँमा आफू जहाँ भएपनि लामो समयसम्म मोबाइल डेटाको फाइदा लिन सक्छन्।

यो डेटा प्याकमा ग्राहकले १ जिबी डेटा पाउँछन् र यसको प्रमुख विषेशता भनेको यो डेटा भोल्युम २८ दिनसम्म मान्य रहन्छ।

ग्राहकहरूले एष्ट्रिक्स १७१२३ह्यास डायल गरी प्राप्त जानकारी अनुसार यो प्याक सुरू गर्न सक्ने कम्पनीले जनाएकाे छ ।

यसैगरी, एनसेलले आफ्नो विद्यमान सोसल मिडिया डेटा प्याकमा इन्स्टाग्राम थपेको छ। ग्राहकले अब कर सहित मात्र १९१ रुपैयाँमा ७ दिनका लागि ननस्टप युट्युब, फेसबुक, टिकटक र इन्स्टाग्रामको पनि पहुँचको फाइदा लिन सक्छन्।

ग्राहकले एष्ट्रिक्स१७१२३एष्ट्रिक्स५एष्ट्रिक्स६ह्यास डायल गरेर यो प्याक लिन सक्छन्। त्यस्तै, कर सहित ४५९ रुपैयाँमा ग्राहकले फेसबुक, युट्युब, टिकटकका साथै इन्स्टाग्राम प्रयोग गर्न दैनिक २८ दिनसम्म १।५ जिबी डेटा लिन सक्छन्।

यस बाहेक यो प्याकमा ग्राहकले ८ जिबी अल टाइम प्याक पनि पाउँछन्। २८ दिनको समयसीमा रहेको यो प्याक एष्ट्रिक्स१७१२३एष्ट्रिक्स५एष्ट्रिक्स७ह्यास डायल गरेर लिन सकिन्छ।

अलवेज अन डेटाले ग्राहकहरूलाई सुलभ मूल्यमा सधैं सम्पर्कमा रहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ।

यसैगरी, सोसल मिडिया डेटा प्याकमा इन्स्टाग्राम पनि थपिएकोले यो सुविधाले ग्राहकलाई सामाजिक सञ्जालमार्फत अनलाइन रहि सधैं सम्पर्कमा बसि रहन ठूलो भूमिका खेल्ने एनसेलले जनाएकाे छ।



प्रतिक्रिया दिनुहोस !