७ जेष्ठ २०८१, सोमबार

नेपालगञ्जबाट उद्धार गरेर २० जना विद्यार्थी दैलेख पठाईयो

प्रकाशित मिति :  27 April, 2020 2:26 pm


नेपालगञ्जबाट दैलेख जाँदै गरेका विद्यार्थीहरु । फोटो सौजन्यः राजु शाही

बाँके, १५ बैशाख ।

बाँकेको नेपालगञ्जमा समस्यामा परेका २० जना विद्यार्थीलाई दैलेख पठाईएको छ । पठनपाठनका लागि नेपालगञ्जमा रहेका विद्यार्थीहरु लकडाउन लम्बिएपछि समस्यामा परेका थिए ।

उनीहरुलाई जिल्ला प्रशासन कार्यालय दैलेख र नारायण नगरपालिकाकाको समन्वयमा दैलेख पठाईएको हो ।

विद्यार्थीहरुले लकडाउन लम्बिदै गएपछि आफूहरुसँग रहेको खाद्यान्न तथा पैसा सकिएकाले उद्धार गरिदिन आग्रह गरेपछि आफूहरुले समन्वय गरेर दैलेख पठाएको उद्धारको पहल गरेका राजु शाहीले जानकारी दिए ।

उनीहरुलाई दैलेख पठाउन शाही र निर्मल खड्काले पहल गरेका थिए ।

लकडाउनका कारण विभिन्न समस्यामा परेकाहरुलाई शाहीको नेतृत्वमा सहयोग हुँदै आएको छ ।

यसअघि पनि उनको नेतृत्वमा नेपालगञ्ज उपमहानगरपालिकाले स्थापना गरेको राहत कोषमा ३० हजार रुपैयाँ बराबरको खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !