५ जेष्ठ २०८१, शनिबार

पर्सामा ४४५ को आँखा परिक्षण गर्दा १५८ जनामा मोतियाबिन्दु

प्रकाशित मिति :  8 October, 2023 4:11 pm


काठमाडाैँ । पर्सा जिल्लाको संखुवापर्सौनी गाँउपालिकाको वडा नम्बर २ श्रीपुरमा ४४५ जनाको आँखा परिक्षण गर्दा १५८ जनामा मोतियाबिन्दुको समस्या देखिएको छ ।

नेपाल नेत्रज्योति संघ आर.एम केडिया आँखा अस्पतालको प्राविधिक र छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेडको आर्थिक सहयोगमा संखुवापर्सौनी गाँउपालिकाको वडा नम्बर २ श्रीपुरमा हिजाे (शनिबार) एकदिने निशुल्क आँखा जाँच तथा शल्यक्रिया शिबिर आयोजना गरिएको थियो ।

मोतियाबिन्दु देखिएको सबै बिरामीहरूको नेपाल नेत्रज्योति संघ आर.एम केडिया आँखा अस्पतालमा निःशुल्क शल्यक्रिय गरिने छ । आर्थिक अभावमा र पहुँचको अभावमा कोहि पनि नागरिक आँखा उपचार सेवाबाट बन्चित नहुन् भन्ने उद्देश्यले नेत्रज्योति संघले विभिन्न स्वदेशी तथा दातृ निकायहरूसँगको सहकार्यमा देशैभरी बार्षिक हजारौ निःशुल्क आँखा शिबिर संचालन गर्दै आइरहेको छ ।

छिमेक लघुवित्तले सामाजिक उत्तरदायित्व अन्तरगत नेत्रज्योतीलाई शिबिर संचालनका लागी आर्थिक सहयोग प्रदान गरेको हो । संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल, १५० भन्दा बढि आँखा उपचार केन्द्र तथा ४४ वटा जिल्ला शाखाहरू मार्फत नेपाली नागरिकहरूलाई सस्तो मूल्यमा गुणस्तरिय आँखा उपचार सेवा प्रवाह गरिरहेको छ ।

स्थापना देखि हालसम्म संघले आफ्ना अस्पताल, उपचार केन्द्र तथा विभिन्न बाह्य कार्यक्रमहरू मार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कुल ४ करोड २ लाख ८६ हजार ५ जना आँखाका बिरामीहरूलाई आँखा उपचार सेवा र ४८ लाख ६७ हजार ७७४ जनाको आँखाको शल्यक्रिया सेवा प्रदान गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस !