२४ बैशाख २०८१, सोमबार

विश्व कीर्तिमानी तेन्जेन लामाको हिमपहिरोमा मृत्यु

प्रकाशित मिति :  9 October, 2023 8:08 am


काठमाडौँ । हिमपहिरोमा परेर विश्व कीर्तिमानी आरोही तेन्जेन लामाको मृत्यु भएको छ। शनिवार चीनको सिसापाङ्‍मा हिमालमा गएको हिमपहिरोमा परेर उनी बेपत्ता भएका थिए ।

हिमपहिरोमा बेपत्ता भएका शेर्पाको मृत्यु भएको पुष्टि भएको सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्‍मा शेर्पाले जानकारी दिएका छन् ।चीनको सिसापाङ्‍मा हिमालको ७ हजार ६ सय मिटरमाथि गएको हिमपहिरोमा शेर्पा बेपत्ता भएका थिए ।

तेन्जेन विश्व कीर्तिमानी आरोही हुन्। उनले हालैमात्र ९२ दिनमा ८ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटै हिमाल आरोहण गरेर विश्व कीर्तिमान बनाएका थिए।



प्रतिक्रिया दिनुहोस !