२४ बैशाख २०८१, सोमबार

शिसापाङ हिमाल गएको हिमपहिरोमा एक जना नेपालीको मृत्यु

प्रकाशित मिति :  9 October, 2023 2:58 pm


काठमाडौं । चीनको तिब्बतमा रहेको शिसापाङ हिमालमा गएको हिम पहिरोमा परेमा एक नेपालीको मृत्यु भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार (आज) एक विज्ञप्ती जारी गर्दै हिमपहिरोमा परि अज्ञात गरेका आरोहण दल सदस्यका सम्बन्धमा जानकारी गराएको हो ।

उक्त हिमपहिरोमा एक जना हराइरहेका छन् भने तीन जना घाइते भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २० असोजमा गएको हिम पहिरोमा परेर आरोही गाइड मिङमार शेर्पा, तेन्जेन शेर्पा, अमेरिकी नागरिकद्वय अना गुटु र जिना मारिया बेपत्ता भएका थिए ।

बेपत्ता भएकामध्ये मिङमार र अनाको शव भेटिएको छ भने दुई जना अझैसम्म बेपत्ता छन् । हिम पहिरोमा परेर कर्मा ग्याल्जेन शेर्पा, मित्रबहादुर तामाङ, र कामिरी शेर्पा गम्भीर घाइते भएका छन् ।

हराएकाहरको खोज तथा घाइतेको उद्धारका आवश्यक पहल गर्ने र केहीलाई उद्धार गरेर उपचार भइराखेको मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !