१२ श्रावण २०८१, शनिबार

पौरखी समूहद्धारा पोखरामा १६ हजारलाई खाना

प्रकाशित मिति :  27 April, 2020 7:27 pm


खाना खुवाउनेक्रममा विहानी समूहका सदस्यहरु

काठमाण्डौं, १५ बैशाख । 

विहानभरी पकाउने । पकाईसकेपछि प्याकिङ । त्यसपछि सडकमा अलपत्र परेकालाई खाना खुवाउने । दाल भात र तरकारी ।

नियमित परिकार हुन् । त्यही परिकारलाई प्याकिङ गर्दै विभिन्न ठाँउमा गासको अभाव झेलिरहेकालाई खुवाउन व्यस्त छन्, पोखराको पौरखी स्वयम सेवा समूह ।

दश दिनसम्म सञ्चालन भएको यो अभियानबाट १६ हजार भन्दा बढीले खाना खाएका छन् । पोखराको पौरखी स्वयंसेवक समूहले गासको अभाव झेलिरहेका सर्वसाधारणलाई बसेकै ठाँउमा खाना खुवाएको हो ।

खाना पकाउने जिम्मेवारीसँग प्याकिङ गर्न विहान उठेदेखि साँझसम्म व्यस्त छन् । पोखरा–७ स्थित शान्तिनगर बैंक्युटमा खाना पकाउने बन्दोबस्त मिलाईएको छ ।

देश लकडाउनका कारण आफना गाँउघर जान नपाएका सडकमै अलपत्र परेका र काम गर्न नपाएर रासनविहिन भएकालाई पौरखी समूहले खाना खुवाउँदै आएको हो ।

युवाहरुको यो समूहले विपन्नलाई निशुल्क खाना खुवाउँदै आएको समूहका संयोजक जनक पराजुलीले बताए ।

उनले पोखरा महानगर पालिकाबाट वैशाख १५ गते सम्मका लागि अनुमति लिएको र सोही अनुसार सोमबार साँझ सम्म खाना खुवाएको उनले बताए ।

लकडाउन थपिए पनि आफुहरुको खाना खुवाने कार्यक्रम भने नथपिएको उनले बताए ।

सर्वसाधारणलाई खाना खुवाउने जिम्मेवारी आफनो काँधमा लिएको पौरखी समूहले १० दिन सम्म खाना नपाएको जानकारी प्राप्त गरेपछि स्थानीय सर्वसाधारण, जनप्रतिनिधि तथा प्रहरीसँग समन्वय गरी खाना पुर्याउने गरिएको समुहका सदस्य विष्णुप्रसाद बरालले बताए ।

विहान र बेलुकी खानको प्रबन्ध गर्दै आएका उनको भनाई छ । नौ जना मिलेर आफ्नै खर्चमा निःशुल्क खाना खुवाउने अभियान शुरु गरेको उनले बताए ।

जनक पराजुली, विष्णुप्रसाद पौडेल, राजु शर्मा तिमिल्सिना, भानुभक्त अधिकारी, विष्णु प्रसाद बराल, प्रजापति अधिकारी, शिव थापा, राजेन्द्र पौडेल र खेमराज तिमिल्सिना रहेका छन् । उनीहरुलाई १ सय भन्दा बढि स्वयम सेवीले सघाएको उनले बताए ।

उनीहरुले विहान र साँझ दुई पटक खाना पुर्याउँदै आएका थिए । विहान ८ देखि १० बजेसम्म र साँझ ५ बजेदेखि खाना पुर्याउन शुरु गर्दै आएका थिए ।

सोमबार साँझ सबै स्वयम सेवी सहयोगीहरुलाई धन्यवाद दिदै समुहका सदस्य विष्णु प्रसाद पौडेलले सहयोगले आफुहरु सफल भएको बताए । उनले आगामी दिनमा पनि सहयोगको आवश्यकता परेमा आफ्नो समुह सहयोगका लागि तत्पर रहेको बताए ।

अर्का सदस्य राजु तिमिल्सिनाले १० दिनमा १६ हजार २६ जनालाई खाना खुवाउन पाउँदा खुसी लागेको बताए । दैनिक स्वयंम सेवामा खटिएका प्रेमबहादुर जिसीले सहयोग गर्न पाउदा खुसि लागेको बताए ।

उनले समुहको प्रशंसनियका काम रहेको बताउदै आगामी दिनमा पनि सहयोग गर्न तयार रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !