१२ श्रावण २०८१, शनिबार

लकडाउनमा घर बस्ने सबै सरकारी कर्मचारीले कार्यालय गए सरह सुविधा पाउने

प्रकाशित मिति :  27 April, 2020 8:06 pm


काठमाडाैं, १५ वैशाख । 

लकडाउनकाे अवधिमा घरमा बस्ने सबै सरकारी कर्मचारीले अफिस गए सरहकाे सुविधा पाउने भएका छन् । सरकारले स्पष्ट पार्दै आइतबार राजपत्र जारी गरेकाे छ ।

यसअघि सरकारले कार्यालय प्रमुखले कम भन्दा कम जनशक्तिबाट काम लिनु भन्ने निर्णय गरेकाे थियाे । जस अनुसार चैत ९ गतेयता सरकारले जारी गरेकाे निर्देशन बमाेजिम लकडाउनका कारण कामकाे प्रकृति हेरेर अफिस जाने वा घरबाटै पनि काम गरिरहेका छन् ।

‘सम्पूर्ण सरकारी कार्याय, निकाय वा उद्याेगले विदा दिएका कर्मचारी वा श्रमिककाे हकमा खाइपाइ आएकाे तलब, भत्ता पाउन गरी त्यसरी विदा दिएकाे अविधिलाइ सम्बन्धित कार्यालय प्रमुखले सार्वजनिक विदा कायम गर्ने निर्णय गरिएकाेले याे सूचना प्रकाशन गरिएकाे छ,’ राजपत्रमा भनिएकाे छ ।

 



प्रतिक्रिया दिनुहोस !