६ जेष्ठ २०८१, आइतबार

नेपालगञ्जमा आगलागी हुँदा ७ पसल जले

प्रकाशित मिति :  13 October, 2023 11:33 am


काठमाडौं । बाँकेको नेपालगञ्जस्थित बीपीचोकस्थित फर्निचर पसलहरूमा भएको आगलागीबाट एक करोडभन्दा बढी क्षति भएको छ । शुक्रबार बिहान लागेको बगोमा ६ वटा फर्निचर पसल र एउटा किराना तथा नास्ता पसल जलेको छ ।

विद्युत् चुहावट भइ आगलागी हुँदा आलिया ट्रेडर्स, शादिया फर्निचर, शरीके फर्निचरलगायतका पसलका सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय खबाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए।

पसलधनीले दिएको जानकारी अनुसार करिब एक करोड ३ लाख बराबरको क्षति विवरण प्राप्त भएको घटनास्थलमा पुगेका बाँकेका प्रहरी नायब उपरीक्षक डाँगीलेले जानकारी दिए ।

नेपालगञ्ज उपमहानगरपालिकाको दमकल शाखा प्रमुख झइनबहादुर खडकाले आगलागी नियन्त्रणमा लिन दुई घण्टा लागेको बताए। आगो निभाउन उपमहानगरपालिकाको तीन र कोहलपुर नगरपालिकाको एउटा दमकल प्रयोग गरिएको थियो।



प्रतिक्रिया दिनुहोस !