१३ बैशाख २०८१, बिहिबार

लकडाउनमा बेगनास ताल विकास निरन्तरः अनुगमनमा पुगे सभापति कोइराला

प्रकाशित मिति :  28 April, 2020 10:13 am


पोखरा, १६ वैशाख ।

लकडाउनकाबीच कास्कीको वेगनास तालको बाँध निर्माण कार्यले निरन्तरता पाएको छ । कामको गति र सुरक्षा अवस्थाबारे बुझ्न गण्डकी प्रदेशको अर्थ तथा विकास समितिका सभापति दिपक कोइराला मंगलबार विहानै वेगनास पुगेका छन् ।

कुल २ करोडको लागतमा कैलाश पर्वत निर्माण सेवाले बाँध निर्माणको ठेक्का लिएर काम गरिरहेको छ । लकडाउनको क्रममा रोकिएको काम केही समय अघि पुनः सुचारु गरिएको हो । असार मसान्तसम्म सम्पन्न गर्ने योजनाको लक्ष्य छ ।

सभापति कोइरालाले विश्वभर फैलिएको कोभिड १९ (कोरोना भाइरस) को कारण निर्माण सामाग्री र मजदुर ल्याउन समस्या भए सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गर्दै मजदुरहरुलाई सुरक्षात्मक उपाय अपनाएर काम गर्न निर्देशन दिएका छन् ।

कोइरालाले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने देशकै महत्वपुर्ण ताल मध्यको वेगनास ताल पनि रहेकोले बाँध निर्माणले तालको शुन्दरतामा पनि सहयोग पुग्ने विश्वास ब्यक्त गरे । बेरोजगार भएका मजदुरहरुलाई काम गर्ने बातावरण बनाउने तर्फ सवै लाग्नु पर्नेमा कोइरालाको जोड छ ।



प्रतिक्रिया दिनुहोस !