१ जेष्ठ २०८१, मंगलबार

दशैँको पाँचौ दिन, स्कन्दमाताको पूजाआराधना गरिँदै

प्रकाशित मिति :  19 October, 2023 7:56 am


काठमाडौँ। आज (बिहीवार) दशैँको पाँचौ दिन । विश्वभरका हिन्दू समुदाय स्कन्द माताको पुजाआराधना गरेर मनाउँदैछन्। नवदुर्गाको नौ रूपलाई दशैँभर विशेष पुजा गर्ने गरिन्छ।

हरेक वर्ष दुर्गा पक्षको पाँचौं दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिदै आइएको छ। वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्ने परम्परा अनुसार पाँचौ दिन स्कन्दमाताको पूजा गरिने प्रचलन रही आएको छ।

दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।



प्रतिक्रिया दिनुहोस !