१ जेष्ठ २०८१, मंगलबार

दशैँको छैटाैँ दिन, कात्यायनीको पूजाआराधना गरिँदै

प्रकाशित मिति :  20 October, 2023 9:15 am


काठमाडौँ। आज (शुक्रवार) दशैँको छैटाैँ दिन । विश्वभरका हिन्दू समुदाय कात्यायनी देवीकाे पुजाआराधना गरेर मनाउँदैछन्। नवदुर्गाको नौ रूपलाई दशैँभर विशेष पुजा गर्ने गरिन्छ।

हरेक वर्ष दुर्गा पक्षको छैटाैँ दिन कात्यायनीकाे विधिपूर्वक पूजा आराधना गरिदै आइएको छ। वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्ने परम्परा अनुसार छैटाैँ दिन कात्यायीनी माताकाे पूजा गरिने प्रचलन रही आएको छ।

दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।



प्रतिक्रिया दिनुहोस !