१७ बैशाख २०८१, सोमबार

दशैंँको सातौँ दिन घरघरमा फूलपाती भित्र्याइँदै, कालरात्री पूजा गरिँदै

प्रकाशित मिति :  21 October, 2023 7:25 am


काठमाडौँ । आज बडादशैंँको सातौँ दिन, घर घरमा फूलपाती भित्र्याँइदै छ । गोर्खाबाट ल्याइएको जमरा र फूलपाती हनुमानढोकाको दसैँघरमा भित्र्याउने प्रचलन रहीआएको छ। 

फूलपातीको शुसाइतमाा देशभर फूलपाती भित्र्याउइन्छ । काठमाडौँमा नेपाली सेनाले फूलपातीको अवसरमा विशेष कार्यक्रम गर्दै आएको छ।

माता दुर्गाको सातौंं शक्तिलाई कालरात्री मानिन्छ। आज देवी कालरात्रीको पूजा आरधना गरी सप्तमी तिथि मनाइन्छ । 

शनिवार अपरान्ह राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्य तथा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, उपप्रधानमन्त्री, रक्षामन्त्रीलगायत विशिष्ट व्यक्तिको सहभागितामा विशेष कार्यक्रम गरिने तय भएको छ। 

जिल्ला जिल्लामा फूलपातीको आआफ्नै तरिकाले परम्परागत रूपमा एक ठाउँबाट अर्को ठाउँमा फूलापाती लगेर भित्र्याउने सरकारी कार्यक्रम रहदै आएको छ । घटस्थापनाको दिन राखेको जमरा आजैका दिन दशैंघरमा भित्र्याउने गरिन्छ। 

हिन्दू परम्परा अनुसार नेपालीहरूले घरघरमा शुभसाइतमा फूलपाती भित्र्याउदैछन्। फूलपाती भित्र्याउँदा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती र अशोक नौ प्रकारका उपज समावेस गराइन्छ।



प्रतिक्रिया दिनुहोस !