१९ मंसिर २०८२, शुक्रबार

हनुमान ढोकास्थित दशैँ घरमा फूलपाती भित्र्याइयो, नेपाली सेनाले ग-यो फूलपाती बढाइँ

प्रकाशित मिति :  21 October, 2023 6:44 pm


काठमाडौँ – नेपाली सेनाले फूलपाती बढाइँ गरेको छ। काठमाडौंस्थित टुँडिखेलमा नेपाली सेनाले फूलपातीको दिनको अवसरमा फूलपाती बढाइँ गरेको हो।

सेनाले हरेक वर्ष फूलपातीको दिनमा टुँडिखेलमा फूलपाती बढाइँ गर्दै आएको छ।

फूलपाती बढाइँ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, मन्त्री तथा उच्चपदस्थ कर्मचारी सहभागी थिए।

सो अवसरमा सेनाले राष्ट्रपति पौडेललाई सलामी अर्पण गरेको थियो। फूलपाती बढाइँ समारोहमा सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो भने विभिन्न कला कौशल पनि देखाइएको थियो।

यसैगरी हनुमान ढोकास्थित दशैँ घरमा फूलपाती भित्र्याइएको छ । दशैंकाे साताैँ दनि शनिवार वैदिक परम्परा अनुसार फुलपाती भित्र्याइएकाे हाे।



प्रतिक्रिया दिनुहोस !