१६ बैशाख २०८१, आइतबार

आज महानवमी, नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदै

प्रकाशित मिति :  23 October, 2023 7:59 am


काठमाडौँ । आज बडादशैँको नवौँ दिन महानवमी । आजको दिन नवदुर्गाको विशेष पूजा गरेर मनाइदैछ। 

काठमाडौँको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर वर्षमा एक दिन महानवमीमा मात्र खुला गरिन्छ । 

आज देशभरका शक्तिपीठमा नवदुर्गाको विशेष पूजा अर्चना गरिन्छ भने आजै बली दिने प्रचलन पनि रही आएको छ। 

शक्तिपीठमा हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि पनि दिने प्रचलन छ । शाकाहारीहरुले आजको दिनमा दिनमा कुभिण्डो, घिरौँला, मुला, काँक्रो र जटा नरिवलसमेत बलि दिने प्रचलन छ । 

महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वका साथ पूजा गर्ने गरिन्छ।

आजै घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । महानवमीका अवसरमा हनुमानढोका दरबारका तथा देशभर रहेका नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ ।



प्रतिक्रिया दिनुहोस !