१६ बैशाख २०८१, आइतबार

पुष २६ गते देखि गण्डकी प्रदेशस्तरिय राष्ट्रपति कप रनिङ शिल्ड पुष २६ गतेदेखि हुने

प्रकाशित मिति :  2 November, 2023 8:21 am


पोखरा । गण्डकी प्रदेशस्तरिय राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता आगामी पुष २६ देखि २८ सम्म हुने भएको छ ।

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजक समितिको बुधबार पोखरामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माको अध्यक्षतामा बसेको बैठकले पुषको दोश्रो साता सम्म सबै जिल्लास्तरिय प्रतियोगिताहरु सम्पन्न गर्ने गरिसक्ने निर्णय गरेको छ ।

उक्त प्रतियोगिता आयोजना गर्नका लागि स्थान तय गर्न सदस्य सचिव शर्माको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । प्रतियोगिताका लागि ११ वटै जिल्लाबाट जिल्लास्तरिय रनिङ शिल्डबाट विजेता खेलाडी तथा टिमको सहभागिता रहनेछ ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत विभिन्न ६ खेलहरु हुनेछन् । प्रतियोगिता र्मार्शल आर्ट खेलतर्फ छात्र र छात्रा तेक्वान्दो, उशु र कराँते हुनेछन् । टिम गेमतर्फ छात्र र छात्रा कबड्डी, भलिबल र एथलेटिक्स खेलहरु सञ्चालन हुने प्रावधान रहेको छ ।

प्रतियोगिता सम्पन्न गर्न संघीय सरकारबाट हरेक पालिकाहरुलाई एक–एक लाख, गण्डकी प्रदेशका ११ जिल्लालाई कुल ४३ लाख र गण्डकी प्रदेशस्तरियका लागि २२ लाख बजेट बिनियोजन गरेको छ।

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि थप २५ लाख बजेट विनियोजन गरेको सदस्य सचिव शर्माले जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !