४ जेष्ठ २०८१, शुक्रबार

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

प्रकाशित मिति :  4 November, 2023 11:09 am


काठमाडौँ । सरकारले आज पनि ६ महिनादेखि ५९ महिनाका बालबालिकाहरुलाई राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दैछ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार दुई दिने अभियान अनुसार ६ महिनादेखि ५९ महिनाका बालबालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल र १ बर्षदेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाइदैँ छ ।

प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आएपनि यस वर्ष बीचमा दशैं परेका कारण पहिलो चरणको कार्यक्रम कात्तिक १७ र १८ गते सारिएको हो ।



प्रतिक्रिया दिनुहोस !