७ जेष्ठ २०८१, सोमबार

राहत र उद्धार एकद्वार प्रणालीबाट, सुर्खेत र नेपालगञ्ज सम्पर्क स्थान, रकम जम्मा गर्न काेषकाे खाता नम्बर सार्वजनिक

प्रकाशित मिति :  5 November, 2023 12:26 pm


काठमाडाैँ । जाजरकाेट केन्द्र रहेकाे भूकम्पबाट पीडितकाे खाेजी, उद्धार तथा राहतका लागि सहयाेग गर्न चाहनेका लागि एकद्वार प्रणालीबाट सहयाेग गर्न सरकारले अनुराेध गरेकाे छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयले आइतवार सूचना जारी गर्दै सहयाेग गर्नका लागि काेषकाे राष्ट्रिय वाणिज्य बैंकमा रहेकाे चल्ती खाना नम्बर ११३०१००००३७६२०१ मा रकम जम्मा गर्न अनुराेध गरेकाे हाे ।

खाताकाे विवरणः

Bank Name: Rastriya Banijya Bank Ltd.

A/c Name: PM DAIBI PRAKOP UDAR KOSH

A/c No: 1130100003762001

आइतबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले कर्णालीको प्रदेश राजधानी सुर्खेतलाई मुख्य सम्पर्क स्थान र नेपालगञ्जलाई सहायक सम्पर्क स्थान बनाएर प्रदेशमा स्राेत परिचालन गर्ने निर्णय गरेकाे छ।

मन्त्रिपरिषदेले तत्काललाई प्रति मृतकका परिवारलाई २ लाखका दरले राहत दिने निर्णय समेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस !