७ जेष्ठ २०८१, सोमबार

भूकम्पबाट घाइते भएका मध्ये बाँकेमा ४१ जनाको उपचार चल्दै

प्रकाशित मिति :  6 November, 2023 8:24 am


बाँके । भूकम्पबाट घाइते भएका मध्ये बाँकेमा ४१ जनाको उपचार भइरहेको छ ।

उपचारका लागि बाँकेमा ल्याइएका ४३ जना मध्य १ जनाको मृत्यु भएको थियो भने १ जना उपचारपछि घर फर्किएका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।

घाइते सबैको डेडिकेटेड अस्पताल तोकिएको भेरी अस्पतालमा उपचार भइरहेको हो ।

उपचार भइरहेका मध्ये अपरेसन सम्पन्न भएर उपचार भइरहेका ७ जना आइसियू वार्डमा भर्ना भइ उपचार भइरहेका २ जना र प्रसुती वार्डमा उपचार भइरहेका गर्भवतीको संख्या १ रहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी गराएका छन् ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर कार्तिक १७ गते राति गएको भूकम्पमा परेर अहिलेसम्म भूकम्पबाट १ सय ५७ जनाको मृत्यु भएको छ भने २ सय ४६ जना घाइते भएकाे तथ्यांक सार्वजनिक भएकाे छ ।

९ सय १० घर पूर्ण क्षति र २ हजार ८ सय ६१ घरमा आंशिक क्षति पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !