२४ बैशाख २०८१, सोमबार

दराज ११ः११ मा ग्लोबल आइएमई बैंकका ग्राहकलाई २० प्रतिशत छुट

प्रकाशित मिति :  8 November, 2023 8:19 am


काठमाडौं । अनलाइन विजनेस प्लाटफर्म दराजको ११ः११ अफरमा ग्लोबल आइएमई बैंकका ग्राहकले २० प्रतिशत छुट पाउने भएका छन् ।  अफरको दिन अनलाइनमार्फत सामान किन्दा छुट उपलब्ध गराइने भएको हो।

नोभेम्बर ११ देखि नोभेम्बर २२ (कात्तिक २५ देखि मंसिर ६) सम्म छुट योजना रहनेछ । यो अवधिमा ग्लोबल आइएमई बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराज अनलाइनमार्फत सामान खरिद गर्दा कुल खरिदको १५ देखि २० प्रतिशतसम्म छुट पाइने भएको हो।

डेबिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत वा २ हजार रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताले २० प्रतिशत वा २ हजार ५ सय रुपैयाँसम्म छुट पाउनेछन् ।

बैंकका कार्डबाहक ग्राहकले छुट पाउनका लागि दराज एपबाट ग्लोबल आइएमई बैंकको कार्डको छुट भौचर संकलन गर्नुपर्नेछ । यी भौचरहरू चेकआउट प्रक्रियाको क्रममा स्वचालित रूपमा लागू हुनेछन् ।

ग्लोबल आइएमई बैंकले दराज अनलाइन स्टोरसँग समन्वय गरी आफ्ना डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई सहज र निरन्तर किनमेल अनुभव सुनिश्चित गर्दै आएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !