२२ बैशाख २०८१, शनिबार

भूकम्प प्रभावितको पुनर्स्थापनाका लागि एमालेले एक हजार स्वयंसेवक खटाउने

प्रकाशित मिति :  9 November, 2023 7:35 am


काठमाडौँ । जाजरकोट भूकम्पबाट पीडितको पुनर्स्थापनाका लागि नेकपा एमालेले एक हजार स्वयंसेवक खटाउने भएको छ ।

बुधवार सम्पन्न सचिवालय वैठकले एमालले भूकम्प प्रभावित जाजरकोट र पश्चिम रुकुममा मंसिर १ गतेबाट पीडितहरूको पुनर्स्थापनाका लागि एक हजार स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको हो।

एमालेको कर्णाली प्रदेश कमिटीको अगुवाइमा स्वयंसेवकले घर, टहरा निर्माणका लागि ५ हजार कार्यदिन भन्दा बढी काम गर्ने एमालेले जनाएको छ। स्वयंसेवकले १ करोड बढी मूल्यको श्रम गर्ने भएका हुन्।



प्रतिक्रिया दिनुहोस !